×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १६.६७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५०३.८५ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार १६.६७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५०३.८५ बिन्दुमा

Artha Sarokar

२ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने हिमालयन ८०–२०का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी