×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाउ ह्वात्तै घटेपछी व्यवसायीले सुन नै लुकाउन थाले, बजारमा मनपरी हुँदा छैन नियामक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भाउ ह्वात्तै घटेपछी व्यवसायीले सुन नै लुकाउन थाले, बजारमा मनपरी हुँदा छैन नियामक !

Artha Sarokar

९ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तराष्ट्रिय बजारमा आएको तीब्र गिरावटसँगै नेपालमा पनि एकै दिन तोलाकै ११ हजार ६ सय रुपैयाँले भाउ घटेपछि सुनचाँदी व्यवसायीहरूले सुन नै लुकाउन थालेका छन् । घटेको भाउमा सुन नबेच्ने भन्दै उनीहरूले पुरानै महँगो मूल्य तिरे सुन बेच्ने, अन्यथा नबेच्ने भन्दै कालोबजारी गरिरहेका हुन् ।

विशेषगरी विराटनगर, वीरगञ्ज लगायतका ठाउँमा यस्तो कालोबजारी बढी देखिएको छ भने काठमाडौँका विभिन्न स्थानमा पनि नियमित बाहेकका ग्राहकहरूलाई घटेको नयाँ मूल्यमा सुन बेचिएको छैन ।

चलेका सुनचाँदी पसलहरुमध्ये केहिले बजारमा सुन नै सर्टेज भइरहेको भन्दै सुन लुकाईरहेकोसमेत पाइएको छ ।

सुनचाँदी व्यवसायी महासंघको भूमिकामै शंका !

यसो त अन्तराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा भाउ नघटाएर सिन्डिकेट लादेको भन्दै यतिबेला नेपाल सुनचाँदी व्यवसायी महासंघकै आलोचना भइरहेको छ । अन्तराष्ट्रिय मूल्य अनुसार मूल्य समायोजन नगरिएको भन्दै महासंघमाथि नै प्रश्न उठिरहेका बेला बजारमा घटेको मूल्यमा सुन नपाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसो त यसअघि पनि घटेका बेला सुन ग्राहकले किन्न नपाउने र बढेका बेला बेच्न नपाउने गरेको गुनासो आइनै रहेको थियो । यसपटक भने महासंघको भूमिकामा नै प्रश्न उठ्नेगरी व्यवसायीहरूको कालोबजारी छताछुल्ल भएको छ ।

मङ्‌सिरको विवाहका लागि छिट्टै सुन किन्नेहरू फसे !

यता मंसिर महिनामा विवाहको तयारी गरिरहेकाहरू सुनचाँदीको मूल्य घटाइपछि फसेको महसुस गर्न थालेका छन् । सुनको भाउ तोलाकै ३ लाखसम्म पुग्ने हल्लाका बीच टुप्पोको मूल्यमा सुन किनेकाहरू सुनको भाउ ओरालो लाग्न थालेपछी फसेको महसुस गर्न थालेका हुन् । विशेषगरी तिहारमा सुनको कारोबार ह्वात्तै बढेको थियो । महँगो मूल्यमा सुन खरिद बिक्री भएको सो समयमा सुन किन्नेहरू तोलाकै एकैदिन ११ हजार ६०० ले भाउ घटेपछि चिन्तामा छन् ।

अझै भाउ घट्ने प्रक्षेपण 

यता सुनचाँदी व्यवसायीहरूले सुनको मूल्य अझै घट्ने प्रक्षेपण गरेका छन् । कतिपय सुनचाँदी व्यवसायीहरूले त सुनको मूल्य तोलाकै डेढ लाख रुपैयाँसम्म सहजै आउन सक्ने प्रक्षेपण गरेका छन् । अन्तराष्ट्रिय बजारमा सुनको भाउ निकै तल आउने विश्लेषण भईरहेका बेला नेपाली बजारमा पनि सुनको भाउमा पहिरो जाने दाबी ती विश्लेषकहरूको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी