×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ तोलाकै डेढलाखसम्म आउन सक्ने, मंसिरको विवाहका लागि तिहारमै सुन किन्नेहरु फसे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनको भाउ तोलाकै डेढलाखसम्म आउन सक्ने, मंसिरको विवाहका लागि तिहारमै सुन किन्नेहरु फसे !

Artha Sarokar

९ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनको भाउ तोलाकै डेढ लाख रुपैयाँसम्म आउन सक्ने दाबी सुनचाँदी व्यवसायीहरूले गरेका छन् । अन्तराष्ट्रिय बजारमा सुनको भाउ निकै तेज गतिमा ओरालो लागिरहेकाले नेपालमा पनि सुनको भाउ तोलाकै डेढ लाख सम्म आउन सक्ने विश्लेषण व्यवसायीहरूले गरेका हुन् ।

तिहारपछि खुलेको बजारमा आइतबारमात्रै तोलाकै ११ हजार ६०० रुपैयाँले सुनको भाउ घटेको छ । अझ, व्यवसायीहरूले यो घटोत्तरी हुनुपर्ने जति नभएको भन्दै सुनको भाउ अझै घट्ने बताईरहेका छन् । सुनको भाउ घटेपछि कतिपय व्यवसायीहरूले सुन नै लुकाउन थालेका छन् भने कतिपयले पुरानै मूल्य पाए सुन बेच्ने नत्र सुन नबेच्ने गरिरहेका छन् । तर हल्ला नै हल्लाका बीच सुनमा महँगो लगानी गरिरहेकाहरू भने तत्कालका लागि मारमा परेको देखिएको छ ।

मङ्सिरको विवाहका लागि तिहारमै सुन किन्नेहरू फसे !

सुनको मूल्य दिनानुदिन बढ्दै जाँदा कतिपयले मङ्‌सिरको विवाहका लागि तिहारमै सुनको जोहो गरेका थिए । त्यति बेला सुनको भाउ ‘पिक’ मा थियो । तिहार सकिएलगत्तै सुनको भाउ तीब्र गतिमा ओरालो लाग्न थालेपछी मङ्‌सिरको विवाहका लागि तिहारमै सुन किन्नेहरू फसेका छन् । अझ सुनको भाउ अझै घट्ने देखेपछि उनीहरु थप चिन्तामा देखिएका छन् ।

यद्यपि कतिपयले भने सुनको भाउ घटेको समयलाई अवसरका रुपमा लिएका छन् । आजै पनि घटेको मूल्यमा सुन बेच्ने पसलहरूमा सुन किन्नेहरुको चहलपहल देखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी