काठमाडौँ । नेपाली काँग्रेसका नेता बाबुराम आचार्यले बिजुलीको बिल नतिर्ने ठुला उद्योगहरूको लाइन काटेर सरकारले जनताको मन जितेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बिजुलीको बिल नतिर्ने ठुला उद्योगहरूको लाइन काटेर सरकारले जनताको मन जितेको बताएका हुन् ।
उनले आफैँ बिजुलीको बिल नतिर्ने, लाइन काट्दा बिद्युत् प्राधिकरणलाई उद्योगको चाबी बुझाउँछु भन्ने धम्की दिने उद्योगी अपराधी भएको बताएका छन् ।
जेन-जी आन्दोलनबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलहरूलाई विस्थापित गर्दै बनेको सुशीला कार्की सरकारले बिजुलीको बिल नतिर्ने १८ वटा ठुला कम्पनीहरूको बिजुलीको लाइन काटेको छ । यता, उद्योगहरूले भने बिजुलीको बिल तिर्न नसकेका कारण उद्योगको चाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।
सर्वसाधारणले सानो रकमको बिल नतिरे घरको लाइन नै काटेर अँध्यारो हुने तर ठुला कम्पनीहरूले शक्तिको आडमा बिजुलीको बिल नतिरेको आरोप सर्बसाधारणबाट लागेको बेला सरकारको यस विषयमा समर्थन गर्दै नेता आचार्यले त्यस्ता बिजुलीको बिल तिर्न आनाकानी गर्दै उल्टै धम्की दिनेलाई सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तिनिहरुलाई कडा कारबाही होस् ! भनेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कार्यकालमा बिजुलीको बिल नतिर्ने ठुला उद्योगीलाई संरक्षण गर्दा उक्त सरकारको सर्वत्र आलोचना भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्