Skip to content
LAXMI SUNRISE BANK

सोल्टी होटलले ३१.५७८९ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । सोल्टी होटलले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले कर सहित १६.५७८९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर गरी कुल ३१.५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  सोल्टीको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । १० रुपैयाँकै आधारमा नगद लाभांश प्रदान हुनेछ ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते साधारणसभा डाकेको छ ।

त्यस्तै, कम्पनीको बुक क्लोज मिति मंसिर ५ का लागि तोकिएको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK