×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जेन-जीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ’ -दुर्गा प्रसाईं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘जेन-जीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ’ -दुर्गा प्रसाईं

Artha Sarokar

१२ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री शुसिला कार्कीले जेन-जीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको टिप्प्णी गरेका छन् । बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्प्णी गरेका हुन् ।

उनले पाँच हजार जेन-जीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए । उनले भने, ‘पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ ।’

त्यस्तै, उनले बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरेका छन् । ‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ । यो बालेनको मात्र देश हो ? हाम्रो होईन् ? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिडेका छन् । बालेनपनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर ।’

प्रसाईंले आगामी मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी