काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २१ कम्पनीको १ करोड १५ लाख १ हजार २ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार युनिअन हाइड्रोपावरको भएको छ । यस कम्पनीको २३ करोड ६५ लाख २९ हजार १ सय ४३ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, ज्योति विकास बैंक बोन्ड २०८७ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।













