काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ८० रुपैयाँले बढेर प्रतितोला ३०६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६२३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।





 
                     
			 
						







