काठमाडौँ । राष्ट्रपति कार्यालय (शीतल निवास) तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका-१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
उनीहरुले राष्ट्रपति कार्यालय तोडफोड, आगजानी गर्नु साथै महत्वपूर्ण सामान चोरी गरेको आरोप लागेको छ । प्रहरीले उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरेको छ ।
उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्