काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन बैंक लिमिटेड संस्थापक सेयरको भएको छ । यस कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबारको बजारमा सामुदायिक लघुवित्तसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।













