काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माबिलुंग इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।













