काठमाडौँ । कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा १९.६३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १९.४५ प्रतिशतले बढेको छ । वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तले प्रकाशित गरेको विवरण अनुसार लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा लघुवित्तको ईपीएस १ रुपैयाँ ६९ पैसाले बढेर १९ रुपैयाँ ९६ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा छ ।













