काठमाडौँ । त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई बिजुलीको पहिलो किस्ता तिरेको छ । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता वापत १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो ।
पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । कम्पनीले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको महसुल समयमा नतिरेको हुँदा प्राधिकरणले कार्तिक ४ गते उद्योगमा लाइन काटिदिएको थियो ।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
कम्पनीको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी तिर्न मिल्ने सुविधा प्राधिकरणले दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्