काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् ।
बस्तीमा भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरेका छन् ।
सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने प्रसाईंले चेतावनी दिएका छन् । उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाएका छन् ।
दलहरुले सुकुम्बासीहरुलाई भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिएका छन् । यता सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने योजनामा महानगर छ ।













