काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन्। एक्यानको आशन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनिल लामिछाने विजयी भएका हुन् । उनले कुल ८६७ मत ल्याएका छन्।
सिए अनिल लामिछानेले कागजी गणनामा १२१ मत र मेसिन गणनामा ७४६ मत प्राप्त गरेका छन् ।
एक्यानको आशन्नको निर्वाचनमा उपाध्यक्ष पदका लागि राजु ढकाल, अनिल लामिछानेले र लोकेन्द्र ऐरले उम्मेदवारी दिएका थिए। राजु ढकालले कागजी गणनामा १०३ मत र मेसिन गणनामा ५१८ गरी कुल ६२९ मत प्राप्त गरेका छन् भने लोकेन्द्र ऐरले कागजी गणनामा ६९ मत र मेसिन गणनामा २०७ मतगरी कुल २७६ मत प्राप्त गरेका छन्।
राजु ढकाल यसअघि संघमा कोषाध्यक्ष भईसकेका व्यक्ति हुन् भने अनिल लामिछाने कार्यसमितिमा बसेर काम गरेका सिए हुन् । त्यस्तै, लोकेन्द्र ऐर पनि सिएहरुको समूहमा चलेका पात्र हुन् ।













