काठमाडौँ । दुर्गा प्रसाईंले बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएको आरोप लगाएका छन् । आइतबार बिहानै मनोहरा सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।
उनले अन्तरिम सरकारको मन्त्री बन्न गुप्ताले पौडेललाई दुई करोड रुपैयाँ बुझाएको प्रसाईंले आरोप लगाएका हुन् ।
गुप्ताबाट लिएको दुई करोड रुपैयाँ पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मिलेर खाएको पनि प्रसाईंले आरोप लगाएका छन् ।
त्यस्तै, सुकुम्बासी बस्तीमा पुगेर चर्कोचर्को भाषण गर्दै प्रसाईंले बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै सुकुम्बासीहरुलाई उक्साएका थिए । उनले सुकुम्बासीलाई पक्की घर दिलाउन सहयोग गर्ने पनि आश्वासन दिएका छन् । उनी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जुटाउन सुकुम्बासी बस्ती पुगेका थिए ।













