काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् । जेन-जी प्रदर्शनका क्रममा भद्रकाली स्थित जिल्ला प्रहरी परिसरबाट भागेका बम्जन सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बम्जन कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न अराेपमा पक्राउ परेका थिए । प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए ।
सिन्धुलीको दुधौली नगरपालिका-७ घर भएका बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा समेत मुछिएका उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्