×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देशभर सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

Artha Sarokar

२३ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशभर सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न निर्देशन दिएका छन् । मन्त्री खरेलले आइतबार नेपाल टेलिकमका प्रतिनिधिहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

छलफलमा मन्त्री खरेलले देशका अधिकांश ठाउँमा नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै सञ्चार सेवाको गुणस्तर सुधार्न निर्देशन दिएका छन् । 

त्यस्तै, नेपाल टेलिकमको इन्टरनेटको गुणस्तरमा ध्यान दिन पनि नेपाल टेलिकमका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । नेटवर्क नटिपेका तथा इन्टरनेट नचलेका जस्ता समस्या मन्त्री र सचिवस्तरसम्म पुग्नु विडम्बना भएको बताएका छन् । तसर्थ गुणस्तर सुधारमा ध्यान दिन मन्त्री खरेलले निर्देशन दिएका छन् ।

त्यस्तै, उनले नेपाल टेलिकमको गुनासो सुन्ने शाखा हाल निष्क्रिय जस्तो भएकोले उक्त शाखा प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी