×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ट्रस्ट जग्गा प्रकरणः थामसेर्कुका अध्यक्षले भने- ‘लिजबापत २१ करोड तिरिसकेँ, ६ अर्बको कुरा गलत हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल ट्रस्ट जग्गा प्रकरणः थामसेर्कुका अध्यक्षले भने- ‘लिजबापत २१ करोड तिरिसकेँ, ६ अर्बको कुरा गलत हो’

Artha Sarokar

२३ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । थामसेर्कु ट्रेकिङ प्रालिका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा फैलाइएको ६० अर्बको हल्ला गलत भएको बताएका छन् । उनले ट्रस्टको ३० आना जग्गा लिजमा लिएबापत ६ अर्ब रुपैयाँ तिर्न कोही तयार नहुने भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले ६ अर्ब रुपैयाँमा दरबारमार्गमा ३० आना जग्गा खरिद नै गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोगबापत मात्र ६ अर्ब रुपैयाँ तिर्न कोही मन्जुर होला ? भन्दै प्रश्न गरेका छन् ।

अहिले हिसाब नै गर्ने हो भने जग्गाको मात्र भाडा प्रति वर्गफिट प्रति महिना १५ सय रुपैयाँ भाडा पर्ने भन्दै २०७४ सालमा लिजमा लिएर कम्पनीले बनाएको भवन, लिज रकम, लिज अवधि र क्षेत्रफलका विषयमा भ्रम सृजना गरिएको शेर्पाले प्रष्टिकरण दिएका छन् ।

उनले सबै प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट ३० वर्षको लागि जग्गा लिजमा लिएको र लिज रकम बापत हालसम्म २१ करोड भन्दा बढी रकम नेपाल ट्रस्टलाई बुझाइसकेको पनि बताएका छन् । उनले जग्गा लिजमा लिएर कम्पनीले कित्ता नम्बर ४६०६ मा मात्रै भवन निर्माण गरेको र अनधिकृत रुपमा प्रयोग गरिएको भनिएको कित्ता नम्बर ४६०५ मा कुनै संरचना निर्माण नगरेको प्रष्ट पारेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी