काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् ।
उनले अब यो देशमा आन्दोलनको नभएर श्रम संस्कृतिको खाँचो भएको भन्दै आन्दोलन गर्नु भन्दा ढुंगा बोक्न आउन निम्ता दिएका छन् ।
उनले लेखेका छन्, ‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ ।’













