×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजुलीको बक्यौता विवादः शिवम् सिमेन्टले पनि तिर्यो पहिलो किस्ताबापत २ करोड ३८ लाख, उद्योगमा जोडियो लाइन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिजुलीको बक्यौता विवादः शिवम् सिमेन्टले पनि तिर्यो पहिलो किस्ताबापत २ करोड ३८ लाख, उद्योगमा जोडियो लाइन

Artha Sarokar

२५ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिवम् सिमेन्टले पनि नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौताको पहिलो किस्ता बापतको रकम तिरेको छ । किस्ता नतिरेसम्म लाइन नजोड्ने अडानबाट कुलमान पछि नहटेपछि कम्पनीले प्राधिकरणलाई पहिलो किस्ता बापतको रकम तिरेको हो । 

पहिलो किस्ता बापतको रकम तिरेपछि विद्युत प्राधिकरणले कार्तिक ४ गते उद्योगमा काटेको लाइन पुनः जडान गरेको छ । 

प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत शिवम् सिमेन्टले ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । जुन बक्यौता तिर्न प्राधिकरणले उद्योगहरुलाई २८ किस्ताको सुविधा दिएको थियो । 

२८ मध्येको पहिलो किस्ता बापत कम्पनीले प्राधिकरणलाई २ करोड ३८ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ । बक्यौताको पहिलो किस्ताबापतको रकम तिरेपछि उद्योगमा लाइन जोडिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी