काठमाडौँ। मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४९ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४९ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १०५ रुपैयाँले बढेर प्रतितोला ३१ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।













