काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१ सय रुपैयाँले घटेर दुई लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ३१७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ९ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २७२२ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।













