काठमाडौँ । सरकारले चुनावका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको हो ।
आयोगले निर्वाचनका लागि साढे ७ अर्ब माग गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।
हाल ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत भए पनि भविष्यमा सरकारले सहजीकरण गर्ने आयोगका प्रवक्ता भट्टराईले बताएका छन् ।













