×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिरका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा धेरै ब्याज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंसिरका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा धेरै ब्याज ?

Artha Sarokar

३० कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंसिरका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदरको सूचना प्रकाशित गर्दै २० वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकले मंसिर महिनाका लागि निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन् । 

मंसिर महिनाका लागि सबैभन्दा धेरै एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७५ प्रतिशतबिन्दुले घटाएको छ । योसँगै एनआईसी एशिया बैंकले मंसिरमा ५.७५ प्रतिशतका दरले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर दिने भएको छ ।

त्यस्तै, मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिने भएको छ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत ब्याज दिने भएको छ । बाँकी ९ वाणिज्य बैंकहरुले भने मंसिरमा पनि कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी