काठमाडौँ । डिजिटल वालेट खल्तीको सिईओबाट बिनय खड्का बिदा भएका छन् । आफ्नो कार्यकाल सकिएपछि उनी सो पदबाट बिदा भएका हुन् ।
उनको बिदाईसँगै अब आईएमई ग्रुपले नयाँ सिईओ ल्याउने भएको छ ।
डिजिटल वालेट ‘खल्ती’लाई नयाँ उचाईमा पुर्याएका खड्काले डिजिटल वालेटको दुनियाँमा अभूतपूर्व काम गरेर देखाएका थिए ।













