×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राजश्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्छ’- वीरेन्द्रराज पाण्डे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘राजश्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्छ’- वीरेन्द्रराज पाण्डे

Artha Sarokar

१ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व बढाउन करको दर नभइ दायरा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लगानी विस्तार एवम् औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने पाण्डेले बताए । स्वदेशी लगानीकर्ताले मात्रै नभइ विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिका कारण दायित्व हेरेर मात्रै लगानी गर्ने उनले बताएका छन् । 

मुलुक विषम परिस्थितिमा रहेको भन्दै केही समयअघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भएपनि अहिले जेन-जी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौति थपिएको पाण्डेले बताएका छन् । उनले मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टतासँगै स्थिरता आवश्यक रहेको पनि बताएका छन् ।

त्यस्तै, अध्यक्ष पाण्डेले लगानीकर्ताको लगानीको आधारसमेत करसम्बन्धी नीति हुन्छन् भन्ने कुरा गहन रुपमा ध्यान दिनुपर्ने बताएका छन् । नीतिगत सुधारलाई अर्थमन्त्रालयले विशेष ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी