×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेरामिक इन्डस्ट्रिको उल्लेख्य प्रगति, टायल उद्योगमध्ये नेपालकै ‘नम्बर-१’ दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल सेरामिक इन्डस्ट्रिको उल्लेख्य प्रगति, टायल उद्योगमध्ये नेपालकै ‘नम्बर-१’ दाबी !

Artha Sarokar

१ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपाल सेरामिक इन्डस्ट्रि लिमिटेडको आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य प्रगति गरेको छ ।

आईपीओ जारी गर्ने तयारीमा समेत रहेको उक्त कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५३ करोड १ लाख ५३ हजार ५ सय ९३ रुपैयाँ बराबरको बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको बुक भ्यालु १ सय ८५ रुपैयाँ छ ।

गत आर्थिक वर्षमा कम्पनीले ५३ करोड ९५ लाख ८७ हजार ग्रस मार्जिन गरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ३० रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको आरओआई ८.१७ प्रतिशत र आरओई २२.७२ प्रतिशत छ । गत आर्थिक वर्षमा नेट मार्जिन १७ करोड ४५ लाख ९८ हजार रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४२ रुपैयाँ छ ।

कुल चुक्ता पूँजी ४१ करोड रहेको नेपाल सेरामिक कम्पनीले टायल उत्पादक कम्पनीहरुमध्ये आफूलाई नेपालकै ‘नम्बर-१’ दाबी गरेको छ । अर्कोतर्फ नेपाल सेरामिक लिमिटेडको ५० प्रतिशत लगानी रहेको नेपाल नेपोभिट सेरामिक लिमिटेडले पुसबाट उत्पादन सुरु गर्ने भएको छ । नेपोभिटले उत्पादन सुरु गरेसँगै नेपाल सेरामिकको समेत प्रतिफल बढ्ने देखिएको छ । नेपोभिट सेरामिक वाल टायल उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी