काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा बन्दीपुर केवलकारका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।













