काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माबिलुङ इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।













