काठमाडौँ । आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक दिन जेलको हावा खाएका एनआईसी एशिया बैंकका तत्कालीन कम्पनी सचिव दिपेन कार्कीको जिम्मेवारी खोसिएको छ । बैंकको संचालक समितिले उनलाई कम्पनी सचिवबाट हटाएर कमल खड्कालाई कम्पनी सचिव बनाएको हो ।
आफ्नै कर्मचारीलाई यौन दुर्व्यहार गरेको केसमा उनी माथि प्रहरीमा जाहेरी परेपछि उनी एक दिन जेलसमेत परेका थिए । तर यति गम्भीर घटनामा संलग्न रहेका उनीविरुद्ध अनुसन्धान गर्नुपर्नेमा उल्टै बैंकका केहि हाकिम उनको संरक्षणमा लागेका थिए । सुजित शाक्य सीइओ भएलगत्तै उनको जिम्मेवारी खोस्ने निर्णय भएको हो ।
केहि हाकिमको संरक्षणमा रहेका उनीविरुद्धको केस अव अघि बढ्ने बाटो खुलेको छ । यसअघि उनले जस्तो सुकै बदमासी गर्दा पनि बचाउने गरेको बैंकले अव उनलाई नबचाउने देखेपछि उनीविरुद्धको केस थप जाहेरीसहित अघि बढ्ने सम्भावना बढेको छ ।













