×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयका २० सवारीसाधनको ‘फूल इन्स्योरेन्स’ गरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थ मन्त्रालयका २० सवारीसाधनको ‘फूल इन्स्योरेन्स’ गरियो

Artha Sarokar

७ मंसिर २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ मन्त्रालयले २० सवारीसाधनको पूर्णबीमा (फूल इन्स्योरेन्स) गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले नेपाल बीमा कम्पनीमार्फत २० सवारीसाधनको पूर्णबीमा गरेको हो । 

मन्त्रालय मातहतका २० सवारीसाधनको पूर्णबीमाले आगलागी, दुर्घटनाजस्ता कारणबाट सवारीसाधनमा क्षति भए बीमा दाबी रकमबाट सवारीसाधन खरिद गर्न सकिने मन्त्रालयका अधिकारीले बताएका छन् । 

सवारीसाधनको पूर्णबीमा गर्दा सम्भावित जोखिमको क्षति बहन गर्न सहज हुने मात्र नभएर सरकारी कोषबाट हुने खर्चमा कमी आउने पनि विश्वास गरिएको छ । सँगै सार्वजनिक वित्त प्रभावकारी बनाउने अपेक्षा समेत अर्थ मन्त्रालयले गरेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी