×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी होटलको सेयर किन्न एशियन लाइफलाई बीमा प्राधिकरणको रोक, ७ दिनभित्र स्पष्टिकरण पठाउन निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटी होटलको सेयर किन्न एशियन लाइफलाई बीमा प्राधिकरणको रोक, ७ दिनभित्र स्पष्टिकरण पठाउन निर्देशन

Artha Sarokar

१० मंसिर २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्सलाई सिटी होटलको सेयर खरिद गर्न रोक लगाएको छ । ऐनको उल्लंघन गर्दै सेयर खरिद गर्ने निर्णय गरेको भन्दै प्राधिकरणले सिटी होटलको सेयर खरिद गर्ने एशियन लाइफको निर्णयमा कार्यान्वयन नगर्न निर्देशन दिएको हो । 

‘बीमा ऐनले पनि स्वार्थ बाझिनेगरी साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नमिल्ने उल्लेख छ ।’, प्राधिकरणका एक अधिकारीले भने, ‘तर, उक्त ऐनको उल्लंघन भएको पाइएपछि प्रक्रिया रोक्न निर्देशन दिइएको छ ।’

‘बीमा ऐन, २०७९’ को दफा ६७ को उपदफा (१) मा बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ इजेन्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न नमिल्ने उल्लेख छ । 

तर, एशियन लाइफले सो ऐन विपरीत सिटी होटलको सेयर खरिद गर्न लागेको प्राधिकरणको ठहर छ । 

यसो त एशियन लाइफमा शक्तिकुमार गोल्यानको १८ लाख ०३ हजार ७ सय ४३ कित्ता संस्थापक सेयर छ । गोल्यान सिटी होटल (ह्यात सेन्ट्रिक)का सञ्चालक समितिका अध्यक्ष हुन् । सिटी होटलमा गोल्यानको स्वामित्वमा ४८ लाख ७८ हजार ०६४ कित्ता संस्थापक सेयर छ । यसरी गोल्यान एशियन लाइफमा संस्थापक सेयरधनी र सिटी होटलमा सञ्चालक भएकाले सिटी होटलकै सेयर खरिद गर्ने निर्णय  ऐन विपरीत भएको भन्दै प्राधिकरणले सिटी होटलको सेयर खरिद गर्ने प्रक्रिया अघि नबढाउन एशियन लाइफलाई निर्देशन दिएको छ ।

त्यस्तै, स्वार्थ बाझिने गरी सिटी होटलको सेयर खरिद गरेको भन्दै प्राधिकरणले एशियन लाइफलाई ७ दिने स्पष्टिकरणसमेत सोधेको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी