×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : बुढानीलकण्ठ नगरपालिका-१० मा ५ जना भन्दा बढी भेला हुन नपाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना त्रास : बुढानीलकण्ठ नगरपालिका-१० मा ५ जना भन्दा बढी भेला हुन नपाउने

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० भित्र ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमण बढ्दै गएकाले वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्याडबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमति चोक र फ्रेण्डसिप क्लब क्षेत्रमा ठेलागाडामा ब्यापार, व्यवसाय, फुटपाथ ब्यापार गर्न र भेला हुन निषेध गरिएको छ । बुढानीलकण्ठको वडा नं १० मा साउन २८ गते एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी