काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक बनाउने २०औँ खेलाडी बनेका छन् । उनले आज चितवन राइनोजकाविरुद्ध २४ बल खेल्दै तीन छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।
यसअघि आजै जनकपुरविरुद्घ पहिलो इनिङमा चितवनका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले पनि अर्धशतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा हालसम्म अर्धशतकको सङ्ख्या २४ पुगेको छ ।
जारी प्रतियोगितामा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई तथा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, पोखराका सुमित बर्मा, एडम रोसिङटन र जिमी निशम, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका थिए ।
कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।







प्रतिक्रिया दिनुहोस्