काठमाडौँ । आफैँ पार्षद रहेको संस्था आइक्यानले दिने अवार्डका लागि वित्तीय प्रतिवेदनलाई ‘कस्मेटिक’ बनाउने नाममा लाखौँ रुपैयाँ लिएको खुलासा भएपछि विवादमा तानिएका सिए अमन उप्रेतीको फर्मलाई नै कृषि विकास बैंकले आन्तरिक लेखापरीक्षणको ठेक्का दिएको भन्दै कृषि विकास बैंकको आन्तरिक लेखापरिक्षणको ठेक्का प्रक्रिया विवादमा तानिएको छ । एसएआर एसोसिएटसलाई बढी नम्बर दिनेगरी कार्यविधि बनाएर, उसैलाई काम दिन चलखेल गरिएको र यो प्रक्रियामा भ्रष्टाचार भएको भन्दै बैंकका सिनियर कर्मचारी नै सो फर्म, र बैंकका सीइओ गोबिन्द गुरुङविरुद्ध अख्तियार जाने भएपछि यो विवाद सतहमा आएको हो ।
अर्थ सरोकारलाई प्राप्त बैंकको आन्तरिक पत्र अनुसार एसएआर एसोसिएटसलाई आन्तरिक लेखापरीक्षणको काम दिइएको छ । जबकि बैंकले कार्यविधि नै सो फर्मले मात्र बढी नम्बर पाउनेगरी बनाएको भन्दै बैंकका सिनियर कर्मचारीहरुको असहमति छ ।
‘आन्तरिक लेखापरीक्षण जस्तो संवेदनशील काम विधि र प्रक्रिया अनुसार नै गर्नुपर्ने हो । तर, सबै काम एसएआरलाई नै दिने गरी मिलेमतोमा प्याकेज डिल गरेको जस्तो देखियो । यसमा अख्तियारले छानविन गर्न जरुरी छ ।’ बैंकका एक सिनियर अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो त अवार्ड मिलाइदिने नाममा प्याकेजमै सहमति गरेको र बाँकी काम औपचारिक जस्तो देखियो ।’
आइक्यानले दिने अवार्ड दिने नाममा बैंकको वित्तीय प्रतिवेदन आफैँले बनाउने काम बनाएर लाखौँ भुक्तानी लिएको प्रमाणित भएपछि अहिले उप्रेती विरुद्ध अर्को उजुरी आइक्यानमा विचाराधीन छ ।
यता बैंकले भने सबै काम नियमानुसार नै भएको दाबी गरेको छ । बैंकका सूचना अधिकारी हिमलाल पौडेलले सबै काम नियम संगत नै भएको दाबी गरे । यद्यपि उनले वित्तीय प्रतिवेदन परिस्कृत बनाउने कामका नाममा बैंकले खर्च गरेको विषयमा आफूलाई केही पनि थाहा नभएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्