×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको आयो यस्तो ‘रिपोर्ट’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको आयो यस्तो ‘रिपोर्ट’

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो ।
तेलीलाई मिर्गौलामा समेत समस्या रहेको डा. थापाले बताए । ‘मुम्बईबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो,’ डा. थापाले भने, ‘उनमा मिर्गौलाको समस्या रहेछ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी