Skip to content
LAXMI SUNRISE BANK

विदेशबाट पनि मतदानको व्यवस्था मिलाउने तयारी ! 

अर्थ सरोकार

काठमाडौँ । आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेन-जी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितता गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।  

समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, जेन-जी पुस्ताका प्रतिनिधि प्रकृति ढकाललगायत सहभागी थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले सो विषयमा सरकारसँग छलफल गरिरहेको बताएका छन् । 

यता सरकारमा पनि आगामी निर्वाचनमा अन्तर जिल्ला तथा विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन कानून संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK