काठमाडौँ । भिजिट भिसा प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईले पक्राउ पर्नुअघि सबैलाई सचेत गराएको खुलेको छ ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको र पक्राउ पर्ने निश्चित देखेपछि उक्त प्रकरणमा जोडिएका सबैलाई ‘कोड भाषा’ मार्फत सचेत गराएको पाइएको हो । उनले सुरुमा डायरीमा टिपोट गर्ने र पछि निर्देशन दिने गरेको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भट्टराईले आफ्नो डायरीमा अख्तियार र अन्य निकायबाट खतरा रहेको र त्यसबाट बच्न निर्देशन दिएको टिपोट गरेका छन् । यतिसम्म कि उनले डायरीमा समातियो भने जोगाउन सकिने छैन भन्दै सचेत पनि गराएका छन् ।
‘हामी सबै रातो घर/सीआईएए (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) तथा अन्य निकायबाट अति सघन रुपमा निगरानीमा छौँ । त्यसैले जुनसुकै समयमा खतरा छ । त्यसमा बचौँ साथिहरु ।’, उनले डायरीमा टिपोट गरेका छन् ।
२०८१ असोज २३ गते भट्टराई विमानस्थलमा गएपछि कर्मचारीसँगको मिलेमतोमा भिजिट भिसाको सेटिङ सुरु भएको अनुसन्धानबाट खुलेको छ । तर, अध्यागमन कार्यालयका केही कर्मचारीले व्यक्तिगत कारोबार गर्न थालेपछी उक्त प्रकरणमा अख्तियारले निगरानी बढाएको थियो । सो विषय सहसचिव भट्टराईले आफ्नो डायरीमा टिपोट गरेकोसमेत फेला परेको छ । आयोगले फेला पारेको उक्त डायरी आफ्नो भएको भट्टराईले स्वीकारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्