Skip to content
LAXMI SUNRISE BANK

जेन-जी युनाइटेडले गर्यो गभर्नर बर्खास्तीको माग, योग्यता र विज्ञता दुवै नभएको दाबी !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ । युनाइटेडका प्रतिनिधिले आइतबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेरै गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेका हुन् ।

जेन-जी युनाइटेडका संयोजक जनक परियारले डा. पौडेलको योग्यता र विज्ञतामाथि नै प्रश्न उठाएका छन् ।

गभर्नर नियुक्तिका लागि डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको परियारले बताएका छन् । उनले डा. पौडेल राजनीतिक भागबण्डाको आधारमा गभर्नर नियुक्त भएको दाबी गरेका छन् ।

राजनीतिक दलको सदस्य भएको, सानिमा बैकको संस्थापक सेयरधनी भएको, तत्कालीन सरकारले गभर्नर नियुक्तिको लागी गठन गरिएको समितिको सदस्य रहेको र सदस्यबाट राजिनामा दिएर गभर्नर बनेपछि अख्तियारमा उजुरी परेको, सर्वोच्च अदालतमा मुद्दा परेको लगायतका कारण देखाउँदै गर्भनर डा. पौडेललाई बर्खास्तीको माग गरेको परियारले बताएका छन् । 

त्यस्तै, आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा वाणिज्य कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने भए पनि डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर, एग्रिकल्चर रिसोर्स ईकोनोमिक्समा विद्यावारिधी गरेको पनि परियारको दाबी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK