Skip to content
LAXMI SUNRISE BANK

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः सचिव र सहसचिवलाई धरौटीमा छोड्न आदेश

अर्थ सरोकार

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका दुई जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छोड्न आदेश दिएको हो । 

अदालतले अर्जुनकुमारलाई ६ लाख र लेखबहादुरलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । 

त्यस्तै, अदालतले तोकेको धरौटी तिर्न नसके दुवैजनालाई थुनुवा पुर्जी दिएर थुनामा राख्न पनि अदालतले आदेश दिएको छ । अर्जुनकुमारलाई सीआईबीले कार्तिक ३० गते र लेखबहादुरलाई कार्तिक २१ गते पक्राउ गरेको थियो । 

काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा नेपाल ट्रस्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिले गैरकानूनी लाभ लिएको निष्कर्ष सीआईबीको अनुसन्धानले निकालेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK