काठमाडौँ । एकपछि अर्को प्रकरणमा मुछिएको सूर्यज्योति लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर लाइसेन्स नै नभएका ‘नक्कली अभिकर्ता’हरुले अर्काको कोड प्रयोग गरेर बीमा गराईरहेको खुलासा भएको छ । आफ्नी आफन्तका नाममा बीमा नक्कली अभिकर्ताले एमडीआरटी सम्मान पाएपछि यस्तो तथ्यको खुलासा भएको हो ।
नक्कली अभिकर्ता गिरीले स्वीकारिन् बदमासी !
केहि समय अघि मात्र सूर्यज्योति लाइफ इन्स्योरेन्सले सिमा गिरीलाई उत्कृष्ट व्यवसाय गरेको भन्दै सम्मान गर्यो । अझ उनको फोटो राखेर अगस्ट २३-२६ मा अष्ट्रेलियामा हुने एमडिआरटी सम्मेलनमा उनी सहभागी हुने आशयसहितको प्रचारप्रसारसमेत गरियो । तर कम्पनीले यति धेरै प्रचार गरेकी गिरीसँग न बीमा गराउने लाइसेन्स छ, न कानुन अनुसार उनले बीमा गराईदिन्छ मिल्छ ।
बीमा प्राधिकरणको प्रचलित व्यवस्था अनुसार बीमा अभिकर्ता बन्न १२ कक्षा पास हुनुपर्छ । तर उनीसँग त्यो शैक्षिक योग्यता नै छैन । आफ्नो योग्यता नभएपछि उनले आफन्त अन्जली चापागाईं र निशा अधिकारीका नामामा ‘डमी कोड’ प्रयोग गरेर बीमा गराईरहेकी छिन् ।
‘म भर्खर भर्खर बीमा क्षेत्रमा आएको हुँ । नानी (अन्जली चापागाईं) विदेश जाने भएपछि उनको लाइसेन्स प्रयोग गरेको हुँ। निशा अधिकारीको लाइसेन्स पनि प्रयोग गरेको छु ।’ अर्थ सरोकारसँग कुरा गर्दै उनले भनिन् -‘मेरो क्वालिफिकेसन नपुगेपछि अरुको नामबाट बीमा गरेकी हुँ ।
उनले विना लाइसेन्स आफुले काम गर्न नपाइने विषयमा आफुलाई थाहा भएकोसमेत बताईन् । ‘तपाईंलाई लाइसेन्स नभई बीमा गराउन मिल्दैन भन्ने थाहा छैन ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘अँ, थाहा छ ।’
‘किन गरेको त अरुको नाममा बीमा ?’ हाम्रो अर्को प्रश्नमा उनको जवाफ थियो, ‘नानीहरु विदेश जाने भएपछि मैले एमडिआरटी पुर्याईदिन गरेको ।’
‘अनि, अरुको नाममा बीमा गराईदिने तपाईंले नै पो सम्मान थाप्नुभएको छ त ? हाम्रो अर्को प्रश्नमा उनको जवाफ थियो -‘अँ हो, विदेशमै गएर अवार्ड लिन त पाएको छैन, यहीँ ब्रान्चमा कम्पनीले दिएको हो ।’
गिरीले आफुसँग लाइसेन्स नभएको र लाइसेन्सका लागि आफ्नो शैक्षिक योग्यता नपुगेकोसमेत स्वीकार गरेकी छिन् । यसो त गिरीले एमडिआरटी सम्मान पाउँदा नै यो विषय उठेको थियो । तर कम्पनीका हेड अफिसका सिनियर कर्मचारीहरुले ‘बिजनेश आउनुपर्यो, सूर्यज्योतिमा जे गर्न पनि मिल्छ’ भनेपछि उनले अफुको कोडमार्फत फेक अभिकर्ता बनेर बीमा गराएको उनी निकटहरु बताउँछन् ।
भएको बीमा सरेण्डर गराएर अर्को बीमा, त्यहि बीमा देखाएर अवार्ड !
यता, गिरीले बीमा गरेकालाई सो बीमा सरेण्डर गराएर अर्को बीमा गराएकोसमेत पाइएको छ । ‘भएको बीमा सरेण्डर गराईएको छ । अनि त्यहि व्यक्तिका नाममा अर्को बीमा गराइएको छ । हदैसम्मको मनपरी हुँदा पनि बिमितले थाहा पाउने स्थिति छैन । सम्मानको लोभमा बीमितमाथि पनि अन्याय भएको छ ।’ कम्पनीका कर्मचारीले भने । गिरीले भने आफु नयाँ भएकाले पूरानो बीमाबारे आफुलाई थाहा नभएको दाबी गरिन् । ‘पहिला अन्जली नानी बीमामा काम गर्थिन् । उनी विदेश जाने भएपछि मैले उनको एमडीआरटी पूरा गर्न उनको नाममा बीमा गराईदिएको हो ।’ गिरीले भनिन् ।
यता कम्पनीका प्रदेश प्रमुखलाई सिमा गिरीबारे प्रश्न गर्दा आफु अस्पतालमा भएकाले पछि कुरा गर्ने बताए । प्रश्न सबै सुनिसकेपछि जवाफ दिने बेलामा उनले आफु अस्पतालमा रहेकाले पछि कुरा गर्ने भनेका हुन् । ‘म अहिले अस्पतालमा छु । पछि कुरा गर्छु नि है ।’ उनले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्