- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंक अधिकांश सूचक बढेको छ । यो चौथौ त्रैमाससम्ममा बैंकले २ करोड १३ लाख ३ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा ८१.९९ प्रतिशत बढी हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकले १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ९.८८% र ८१.९९ %ले बढेको छ । अघिल्लो वर्ष ७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै समिक्षा अवधिमा सञ्चालन नाफा पनि एक करोड ६२ लाख रुपैयाँबाट बढाएर तीन करोड ४ लाख ३३ हजार पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा बैंकले एक अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको कुल सम्पत्ति १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ।
यता, बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ रहेकाे छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ३.८१ रहेकोमा गत वर्ष १.८५ प्रतिशतमा झरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्