×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q4 REPORT: आशा लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Q4 REPORT: आशा लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६ /७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ३ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३.७५ प्रतिशतले  कम हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाले १६ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको तुलनामा ४ करोड ८७ लाख १४ हजार रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो। यता सञ्चाल नाफा ७ करोड ९९ हजार रुपैयाँ पुगेको छ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ८१ करोड ८९ लाख २७ हजार रूपैयाँ निक्षेप संकलन र १ अर्ब ४४ करोड ८२ लाख ३० हजार रुपैयाँ सापटीबाट २ अर्ब ३४ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।  हाल संस्थाको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने  जगेडा कोषको अकार १ करोड ३४ लाख ६४ हजारबाट वृद्धि भई ७ करोड ४५ लाख रुपैयाँ सञ्चित भएको छ।
यता, संस्थाको प्रतिशेयर आम्दानी केहि घटेको छ । संस्थाको  प्रतिशेयर आम्दानी ०.६४ रुपैयाँले घटेर १६ रुपैयाँ ४० पैसा पुगेको  छ। संस्थाको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ४७ रुपैयाँ ५५ पैसा रहेको विवरणमा उल्लेख  छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी