×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको चौथौ त्रैमास: खुद नाफा बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अजोड इन्स्योरेन्सको चौथौ त्रैमास: खुद नाफा बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/७७को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । कम्पनीको खुद नाफा ५० प्रतिशतले बढेर ६ करोड २० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा  ४ करोड ११ लाख रुपैयाँ मात्र थियो। 
कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएदेखिनै ९ प्रतिशत दैनिक वृद्धि भएको छ । 
यो चौथौ त्रैमाससम्ममा कम्पनीले ८६ करोड १२ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो वर्षको तुलनामा १०७ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रहेको छ भने जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको  बीमा कोषमा ६ करोड १६ लाख जम्मा भएको हो । 
यस्तै, कम्पनीले १ हजार ९८० जनालाई  २२ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १४३ जनालाई  ५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी