Skip to content
LAXMI SUNRISE BANK

‘विकास सुस्त र सुशासन कमजोर हुँदा युवापुस्ता असन्तुष्ट छन्’

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताएका छन् । ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताएका छन् । 

आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तिव्र बनाउने, सुशासनको अनुभुति दिलाउने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने अर्थमन्त्री भनाई छ । 

उनले देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएपनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गरेका छन् । उनले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने धारणा राखेका छन् । 

त्यस्तै, उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK