Skip to content
LAXMI SUNRISE BANK

नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत

अर्थ सरोकार

काठमाडौँ । नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेसनल ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत रहेको देखाएको हो । 

प्रतिवेदनले सरकारलाई रोजगारी सिर्जना, सीप विकास र उत्पादक रोजगारी प्रवर्द्धनमा उपयुक्त नीतिगत सुधार गर्न सरकारलाई सुझाव दिएको छ । 

श्रम बजारमा सहभागिता दरसमेत कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार यस्तो सहभागिता ३८.५ प्रतिशत मात्र छ ।

त्यस्तै, नेपालको कुल श्रम आम्दानी लगभग ८७ हजार ८ सय १४ रुपैयाँ रहेको पनि प्रतिवेदनमा उल्लेख छ । कुल आम्दानीको ६९ प्रतिशत हिस्सा तलब र ज्याला तथा ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा ७१ प्रतिशत छ भने ६५ वर्ष र माथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम ३५ प्रतिशत छ । नेपालमा १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्या ६५ प्रतिशत छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK