Skip to content
LAXMI SUNRISE BANK

जेन-जीको आम्दानी भन्दा खर्च धेरै, एक वर्षमा लाइफस्टाइलमा मात्र १५ खर्ब २७ अर्ब खर्च !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी उमेर समूहको आम्दानी भन्दा खर्च धेरै रहेको पाइएको छ । ‘नेसनल ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले जेन-जी उमेरसमूह (१३ वर्षदेखि २७ वर्षसम्म) का युवाहरुको आम्दानी भन्दा खर्च धेरै रहेको देखाएको हो । 

उक्त उमेर समूहका युवाहरुले आम्दानी गरे पनि बच भने नगर्ने गरेको सोही अध्ययन प्रतिवेदनले देखाएको छ ।

तर, २७ वर्ष कटेपछि भने कमाएको पैसा बचत गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । २७ वर्षदेखि ४६ वर्षमा खर्चको तुलनामा आम्दानी धेरै रहेको पनि प्रतिवेदनले देखाएको छ ।

यता जेन-जी उमेर समूहमा भन्दा पनि वृद्ध उमेरमा आम्दानी भन्दा खर्च बढी रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले एक आर्थिक वर्षमा मात्र १५ खर्ब २७ अर्ब रुपैयाँ लाइफ स्टाइलमा खर्च हुने गरेको पनि देखाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK