काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच झापामा कडा चुनावी भिडन्त हुने भएको छ । झापा क्षेत्र नम्बर ५ मा नै उठ्नेगरी बालेन शाहले तयारी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झापा सभापतिलाई भेटेर आफू चुनाव झापाबाटै उठ्ने बताइसकेका छन् । अव उनी काठमाडौँ महानगरको मेयर पदबाट राजिनामा दिनेछन् र चुनाव लड्न झापा जानेछन् । एमालेको गढ मानिएको झापाको क्षेत्र नम्बर ५ मा बालेनले जित्ने आधारहरु छन् ? आउनुहोस् यसै विषयमा चर्चा गरौँ ।
पहिला हेरौँ गत चुनावको परिणाम
गत चुनावमा केपी शर्मा ओलीले ५२३१९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसबाट खगेन्द्र अधिकारीले २३७४३ मत ल्याएका थिए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११७४९ मत ल्याएका थिए । माओवादीको समर्थन काङ्ग्रेसी उम्मेदवारलाई भए पनि भोट सबै तिर बाँडिएको थियो ।
अव यो मतको ताजा स्थिति के हुन सक्छ भन्ने विश्लेषण गरौँ
राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत ११७४९ थियो । रास्वपाका झापा स्थित नेता कार्यकर्ताहरुका अनुसार त्यतिबेला पार्टी भर्खर उदयमान थियो । अहिले स्थिति फरक छ ।
झापामा रास्वपाका सक्रिय कार्यकर्ताहरुको संख्या नै २५००० हाराहारी छ । यसको अर्थ, रास्वपामा खुलेका भोटहरुको संख्या नै २५००० हाराहारी छ । ती कार्यकर्तामध्ये अधिकांश गत चुनावमा कि त एमालेका ओलीलाई कि त काँग्रेसका अधिकारीलाई भोट हालेको जमात छ ।
एमाले, कांग्रेस र माओवादी छुट्टाछुट्टै उठे पनि रास्वपा र एमालेको झापा कडा भिडन्त हुने पक्का छ । रास्वपा डबल भएको छ, एमाले आधा । अझ एमालेले काँग्रेसको भोट काट्ने र कांग्रेसले एमालेको भोट काट्ने हुँदा त्यसको सिधा फाइदा रास्वपालाई हुने देखिन्छ । यद्यपि, झापामा ओलीले राम्रो विकास खर्च गरेका छन् । आफ्नै गाउँ ठाउँको मान्छे प्रधानमन्त्री हुँदा नै फाइदा छ भन्ने विषयलाई एमालेले उग्र प्रचार गर्नेछ । नेक टु नेक भिडन्त हुनेछ, जित ओली वा बालेन जो कसैको हुन सक्छ ।
एमाले र काँग्रेस मिलेर चुनावमा जाने सम्भावना पनि नभएको होइन । तर काँग्रेसमा गगन हाबी भएको देखिएका बेला त्यो सम्भावना न्यून छ । यदी भई नै हाल्यो भने पनि काँग्रेसका कार्यकर्ताले ओलीलाई साथ दिने वाला छैनन् । यसको फाइदा पनि रास्वपालाई नै हुनेछ । यदि काँग्रेस एमाले मिलेर गए भने झापामा पक्का रास्वपाले नै घन्टी बजाउनेछ ।
गत चुनावमा नेपाली कांग्रेसले पाएको भोट काँग्रेसको मात्र होइन, माओवादीको पनि हो । सो भोट तत्कालीन माओवादी अर्थात अहिलेको नेकपा र रास्वपाबीच लिखित वा मौखिक, जुनसुकै खालको अलाएन्स भएको खण्डमा पनि रास्वपा तिरै जानेछ । माओवादीले एलायन्स गरेन र एक्लै लड्यो भने पनि काटिने एमाले र काँग्रेसकै भोट हो, यसको फाइदा पनि रास्वपालाई नै हुनेछ ।
त्यसमाथि एमाले र काँग्रेसका कार्यकर्तामध्ये अधिकांश जेनजी र युवाहरुको मनमा बालेन बसेका छन् । यो जमातको हिसाब किताबले पनि बालेन झापा गए भने बिजय हुने सम्भावना प्रसस्त छ ।
यध्यपी राजनीतिमा चतुर खेलाडीका रुपमा चिनिएका केपी ओली कमजोर खेलाडी भने होइनन् । चुनावी युद्धमा उनले चाल्ने जुनसुकै चालको विशेष अर्थ हुन सक्छ र खेल पल्टिन पनि सक्छ, र जेनजीले बालेन पराजयको नमिठो स्वाद पनि पाउन सक्छन् । भलै, बालेन झापाबाट उठ्ने भए भने देशको पूरापूर ध्यान, मिडियाको कभरेज, रास्वपाको प्रचारप्रसार झापामा बढी हुने देखिन्छ । यसले बालेनलाई झापाबाट जिताउन सक्ने सम्भावनालाई थप बलियो बनाउनेछ ।
समग्रमा, नेकपा, एमाले, काँग्रेस र रास्वपा छुट्टाछुट्टै लडे भने जित रास्वपाको हुन सक्ने सम्भावना बढी छ । रास्वपालाई नेकपाले साथ दियो भने बालेनलाई चुनाव जित्न झापामा खास समस्या नै छैन । यद्यपी चुनाव हो, जे पनि हुन सक्छ । त्यसमाथि पनि झापामा । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्