Skip to content
LAXMI SUNRISE BANK

लगातार उछाल: सुन र चाँदीको मूल्य हालसम्मकै महँगो

अर्थ सरोकार

काठमाडौं । सुनको मूल्यले रेकर्डमाथि रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ५३४० रुपैयाँमा कारोबार भईरहेको छ । चनिको यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३७ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५७८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK